काठमाडौं -आज देशभर बदली रही धेरै स्थानमा पानि पर्न सक्ने छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।
अहिले देशभर बदली रही केही स्थानमा पानी परिरहेको छ ।
भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । भोलि राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।
त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १ का केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । बिहीबार राति प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह छ ।





प्रतिक्रिया