काठमाडौं -शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ ।
आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो ।
आयोगले पूर्णता पाएसँगै वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको उहाँको भनाइ छ ।
आयोगका अनुसार १२ हजार भन्दा बढी शिक्षक दरबन्दी रिक्त रहेको छ । प्रवक्ता मरहट्ठाले २०७७ साल चैत मसान्तसम्मको १२ हजार बढी रिक्त दरबन्दी रहेको जानकारी दिनुभयो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको विवरण अनुसार माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यमिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ दरबन्दी रिक्त छ ।
प्रतिक्रिया