काठमाडौं– माधवकुमार नेपालले एमालेका नाममा अन्तिम बैठक गरेर नयाँ पार्टी खोल्ने हुनुभएको छ ।
आज तीनबजे सो समूहले एमालेका केन्द्रीय सदस्यहरूलाई बैठकका लागि बोलाएको छ । सो समूहले माधव नेपाललाई अध्यक्ष बनाएर एमाले फुटाउने तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने बित्तिकै नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने सो समुहको तयारी छ । सो पार्टी ‘जित्नका लागि होइन हराउनका लागि’ भन्ने मूल नारा लिएर आगामी चुनाव जाने निकट नेताहरूले बताएका छन् ।
‘सकेसम्म गठबन्धन बनाएर आफैँले जित्ने हो । गठबन्धन भएन भने एमालेलाई हराउनका लागि चुनावी मैदानमा जाने तयारी छ,’ नेपाल निकट एक नेताले भन्नुभयो, ‘अहिलेलाई हाम्रो नारा नै जित्नका लागि होइन हराउनका लागि भने जस्तो भएको छ ।’
प्रतिक्रिया