पोखरा– गण्डकी प्रदेश सरकारले मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ । सरकारले मुख्यमन्त्रीको आलोचना गर्न नपाउने गरी आचारसंहिता बनाएको हो ।
मन्त्रिपरिषदले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्ने नपाउने उल्लेख गरिएको छ । त्यस्तै, कास्की बाहिर जाँदा पनि मुख्यमन्त्रीलाई जानकारी गराएर मात्र जानुपर्ने जनाइएको छ ।
आचारसंहितामा भनिएको छ, ‘मन्त्रीले कास्की जिल्ला बाहिर जानु पर्दा वा विदेश भ्रमणमा जानु पूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने छ ।’ । सरकारले अघिल्लो मन्त्रिपरिषदले बनाएको ३० बुँदे आचारसंहितालाई केही संशोधन गरी पारित गरेको हो ।
मन्त्रिपरिषद वा मन्त्रिपरिषदका सदस्यका बीचमा भएको वा हुने कुनै पनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ ।







प्रतिक्रिया