अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पार्टी गठन गर्ने ठाकुर पक्षको निर्णय, नाम ‘जसपा नेपाल लोकतान्त्रिक’

नयाँ पार्टी गठन गर्ने ठाकुर पक्षको निर्णय, नाम ‘जसपा नेपाल लोकतान्त्रिक’


काठमाडौं– महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको आजको बैठकले पार्टी गठन गर्ने निर्णय गरेको हो ।

पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय भएको जसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।

‘पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्रिक राख्ने भयौँ । कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको छ,’ उहाँले भन्नुभयो ।

ठाकुर पक्ष सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेसँगै जसपा विभाजन गर्न लागेको थियो ।