अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहको पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ चुनाव चिह्न ‘खुल्ला किताब’

माधव समूहको पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ चुनाव चिह्न ‘खुल्ला किताब’


काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको टुंगो लगाएको छ । सो समूहले नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राख्ने टुंगो लगाएको हो ।

साथै, सो समूहले चुनाव चिह्नको पनि टुंगो लगाएको छ ।

एक केन्द्रीय सदस्यका अनुसार नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहनेछ ।

पार्टीको नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा ‘नेकपा एमाले समाजवादी’ राख्ने र ‘खुला किताब’ चुनाव चिह्न राख्ने सहमति जुटेको हो ।

नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ ।