काठमाडौं– नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना नेतालाई कारबाही गरेको जानकारी सभामुख अग्नि सापकोटालाई दिइएको छ ।
मंगलबार संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमको च्याम्बरमा दर्ता गराइएको पत्र आज सभामुख सापकोटालाई जानकारी गराइएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पार्टीका तर्फबाट मंगलबार नै कारबाहीको पत्र संसद् सचिवालयमा दर्ता गरिएको हो । केहीबेर अघि महासचिव गौतममार्फत उक्त पत्र सभामुख सापकोटालाई बुझाइएको सभामुखको सचिवालयले जनाएको छ ।
कारबाहीको यो पत्रलाई सभामुखले प्रक्रियामा लैजानुहुन्छ कि थाती राख्नु हुन्छ भन्ने बहसको विषय छ । एमालेले जतिसक्दो चाँडो यस विषयलाई टुंग्याउन सभामुखलाई आग्रह गरेको छ ।






प्रतिक्रिया