काठमाडौं– नयाँ पार्टी दर्ताका विषयमा माधव नेपाल समूहको बैठकमा एकमत हुन सकेको छैन ।
जारी बैठकमा अधिकांश नेताहरूले अर्को पार्टी दर्ता गर्न हतार गर्न नहुने अडान राखेका छन् । तर, मुकुन्द नेउपाने र बेदुराम भुसालले आजै नयाँ पर्टी गठन गर्नुपर्ने अडान राख्नुभएको छ ।
नयाँ पार्टी बनाउनका लागि योभन्दा अनुकूल समय नआउने भन्दै भुसाल र नेउपाने अहिले नै आयोग जानुपर्ने भनिरहनुभएको छ । समूहको बैठक बानेश्वरस्थित होटल अर्यालमा जारी छ ।







प्रतिक्रिया