काठमाडौं– पार्टीले गरेको कारबाही राेक्न माग गर्दै माधवकुमार नेपाल पक्षका सांसदले लिखित निवेदन दिनुभएको छ ।
आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै उहाँहरूले सचिवालयलाई पत्र पठाउनुभएको हो ।
१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुग्नुभएकाे छ ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाउनुभएको थियो ।







प्रतिक्रिया