अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ कमलामाईको अध्यक्षमा विमला पाण्डे

अनेमसंघ कमलामाईको अध्यक्षमा विमला पाण्डे


सिन्धुली– नेकपा एमालेनिकट अनेमसंघको कमलामाई नगर कमिटीको दोस्रो नगर सम्मेलन मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

सम्मेलनले विमला पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा देवी देवकोटा, सचिवमा शुशिला सुनुवार, सहसचिवमा सुमित्रा आले र कोषाध्यक्षमा सरिता राईलाई चयन गरेको छ ।

सम्मेलनले सदस्यमा शिवमाया बस्नेत, रेशममाया वि.क, उमा वि.क, राधा थापा, सुमित्रा आले, गिता बस्नेत, यशोदा काफ्ले, नन्द कुमारी जर्गा, अस्मीता कार्की, गंगा बोहरा, प्रतिमा कुमारी कुँवर, तारा माझी, मिना वि.क, देवी श्रेष्ठ, सेतिमाया ठकुरी, निर्मला रम्तेल, गिता कार्की (काफ्ले), देवका फुयाँल, सर्मिला के.सी, गंगा पहाडी लक्ष्मी थापालाई चयन गरेको छ ।

यस्तै शोभा ढुंगेल, बुनु कुमारी राजभण्डारी, पुतली वि.क, किरण मगर, मिठू दर्नाल, भक्त कुमारी घिमिरे, गनीमाया मुदेल, रेखा कुमारी खतिवडा(सुनुवार), सविता पहाडी, संगिता परियार, लालमाया घिसिङ, संगिता तामाङ, सविता लामा, सरिता श्रेष्ठ, चिनिमाया सुनुवार, रेनुका बम्जन, मखमली देवकोटा, सिता ढकाल, चित्र कुमारी थापा, मुना श्रेष्ठ, रमा बुढाथोकी, अप्सरा कार्की, विनु दाहाल, पम्फा खड्का, बाल कुमारी कटुवाल, कुमारी गौरी श्रेष्ठ, उमा शर्मा, हिरा देवकोटा, शिवमाया रायमाझी, सपना श्रेष्ठ, लिला श्रेष्ठ लगाएत सदस्यमा चयन भएका छन ।
सम्मेलनले भदौ १५ गतेसम्म नगरपालिकाका १४ वटै वडामा वडा सम्मेलन गरिसक्ने निर्णय समेत गरेको छ ।

अनेमसंघ नगरकमिटी उपाध्यक्ष सरिता राईको अध्यक्षता तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज उमा कोईराला, एमालेका उपसचिव तथा नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य रमा शर्मा, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, अनेमसंघका जिल्ला अध्यक्ष पार्वती सुनुवार, जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, अनेमसंघका जिल्ला सचिव पार्वती भट्राई, अनेमसंघका जिल्ला सदस्य रमा कार्की, नेकपा नगर सचिव कृष्णहरी घिमिरे, अनेमसंघका पूर्व जिल्ला अध्यक्ष अप्सरा खड्का लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

बक्ताहरूले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले आगामी दिनमा संगठनलाई मजबुद बनाउँदै काम गर्नुपर्ने चुनौती रहेको बताएका थिए ।