अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवसँग कुनै एजेण्डा छैन, त्यसैले पार्टी विभाजन गर्नुभयो : विशाल भट्टराई

माधवसँग कुनै एजेण्डा छैन, त्यसैले पार्टी विभाजन गर्नुभयो : विशाल भट्टराई


काठमाडौं– पार्टी विभाजन गरेर माधवकुमार नेपालले अर्को दल दर्ता गरेपछि नेकपा एमालेले प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवले दल दर्ता गरेर राजनीतिक नेतृत्व गुमाएको प्रतिक्रिया दिनुभयो ।

नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि भट्टराईले यस्तो बताउनुभएको हो ।

‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन,’ नेता भट्टराईले भन्नुभयो ।

राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै उहाँले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गर्नुभयो ।

राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नेपालले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाउनुभयो ।