काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले विभाजनको घटनाबाट कसैले बिचलित नहुन आग्रह गर्नुभएको छ ।
१५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेपनि माधव नेपाललाई पदको तिर्सना नमेटिएकोले त्यसैको अभिव्यक्तिको रुपमा एउटा झुण्ड पार्टीबाट बाहिरिएको पोखरेलले बताउनुभयो ।
माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि नेपाली बहस डट कमसँग कुरा गर्दै महासचिव पोखरेलले फुटको विगत सबैले देखे भोगेको हुनाले केही मानिसहरु पार्टीबाट बाहिरिँदैमा आत्तिनु नपर्ने बताउनुभएको छ । ‘केही मानिसहरु कुण्ठा बोकेर पार्टीबाट बाहिरिदैमा धैर्यता नगुमाउन देश विदेशमा रहेका नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई म हार्दिक अनुरोध गर्दछु,’ महासचिव नेपालले भन्नुभएको छ, ‘एमाले निश्चित सिद्धान्त र उद्धेश्य बोकेर अघि बढेको पार्टी हो । यो जनताबाट पटक पटक अनुमोदित भएको पार्टी हो । त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई ठूलो केही क्षति हुदैन ।’
महासचिव पोखरेलसँगको विस्तृत अन्तर्वार्ता नेपाली बहस डट कममा केहीबेरमा प्रकाशन हुनेछ ।







प्रतिक्रिया