सुर्खेत -माधव नेपालले नयाँ पार्टी दर्ता गराएको भोलिपल्ट नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठक बस्दैछ । बिहान ११ बजे वीरेन्द्रनगर सुर्खेतमा बैठक बस्न लागेको हो ।
हिजो माधव नेपालले एमाले चोइट्याएर नयाँ पार्टी गठन गरेको सन्दर्भमा बैठकमा गहन छलफल हुने नेताहरुले जनाएका छन् । जिल्ला जिल्लामा पार्टीको अवस्था के कस्तो छ भनेर अहिले बिहान पार्टी प्रदेश इन्चार्ज यामलाल कडेल सहितको १० वटै जिल्ला अध्यक्षहरुको बैठक भइरहेको छ ।
माधव नेपालले गठन गरेको पार्टीमा कर्णालीबाट सात जना केन्द्रीय सदस्य छन् । ‘आजको बैठकमा पार्टीका विरुद्ध फैलाइएका भ्रम,अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरिएका जनमुखी र विकासका कामको तलैसम्म प्रचार गर्ने,पार्टी विभाजनको लाग्नबाट आम कार्यकर्तालाई रोक्ने र जिम्मेवारी बाँडफाँड समेत गरिने कार्यसुची रहेको छ’ पार्टी सचिव धर्मराज रेग्मीले भन्नुभयो ‘पार्टी सदस्यता नविकरण,वडा र स्थानीय तहका अधिवेशन आदि बिषयमा पनि बैठकले ठोस निर्णय गर्नेछ ।’







प्रतिक्रिया