काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकता अझै सम्भव रहेको बताउनुभएको छ ।
कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताउँदै पोखरेलले बिहीबार फेसबुकमा लेख्नुभएको छ, झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ ।’
पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पोखरेलले विचलित नभई षड्यन्त्रविरुद्ध लाग्नुपर्ने बताउनुभएको छ । उहाँको भनाइ छ, ‘विचार र सिद्धान्तले नै यस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ ।’







प्रतिक्रिया