धनगढी– सुदूरपश्चिम प्रदेश सभाका दुई सदस्यबाहेक नेकपा एमालेका बाँकी सासंद माधव नेपालको नयाँ पार्टी एमाले समाजवादीमा नजाने भएका छन् । सुदूरपश्चिममा पूर्णा जोशी र माया भट्टले मात्र माधव नेपालको पार्टी रोज्नुभएको छ ।
जोशी हाल सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्छ । भेट्टले हाल पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।
यसअघि नेपाल पक्षमा रहेका अन्य १६ जना सासंद भने तत्काल नयाँ पार्टीमा प्रवेश गरेका छैनन् ।
केन्द्रमा भीम रावल तटस्थ बसेकाले सुदूरपश्चिम प्रदेशमा यसअघि माधव नेपालनिकट रहेका अधिकांश सासंद पनि तत्काल एमाले नछोड्ने अडानमा छन् ।
सुदूरपश्चिममा एमालेका २५ जना सांसद रहेकामा यसअघि ७ जना ओली र १८ जना माधव नेपाल पक्षमा रहनुभएको थियो ।
प्रतिक्रिया