भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले पनि बहुमतमै रहेको बताउनुभएको छ ।
आज जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत हरनुभएका ओलीले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताउनुभयो ।
‘मेरो कुरा सुन्दा तपाईहरूलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न अपिल गर्नुभयो ।







प्रतिक्रिया