काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभई केही मानिस मात्र बाहिरिएको बताउनुभएको छ । केही व्यक्तिले पार्टी छाड्दैमा अपूरणीय क्षति नहुने उनले बताउनुभयो ।
‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर, त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन,’ नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।
साथै, अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटामाथि पनि प्रश्न उठाउनुभयो ।
उहाँले एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको बताउनुभयो । ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले सभामुखलाई माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न पनि चेतावनी दिनुभयो । ‘संसद चलाउनु छ कि छैन? सभामुख हुनु छ कि छैन?,’ अध्यक्ष ओलीले पश्न गर्नुभयो ।







प्रतिक्रिया