अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३०७५ जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

आज ३०७५ जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ४३८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार गत २४ घण्टामा २ हजार १२६ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमित ४० हजार ५ सय रहेका छन् ।

त्यस्तै, गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ८६७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन् ।