काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेका नेता कार्यकर्तालाई आफ्नो कित्ता स्पष्ट गर्न आग्रह गनुृभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेता कार्यकर्तालाई मन एकातिर र तन अर्कातिर नगर्न सुझाव दिनुभएको छ ।
बाँस्कोटाले लेख्नुभएको छ ‘त्यसो गर्दा गति र आत्मविश्वास दुवै गुम्छ। जता मन लाग्छ त्यता लाग्नु बेस।’
नयाँ पार्टी नटिक्ने भएकोले एमालेतिर लाग्नु नै उपयुक्त हुने पनि अप्रत्यक्ष ढंगले सुझाउनु भएको छ । नयाँ पार्टीलाई बाँस्कोटाले बर्षे च्याउको संज्ञा दिनुभएको छ ।
बाँस्कोटा लेख्नुहन्छ ‘तर तथ्य भन्छ– नेपालमा उस्तै प्रकृतिको नयाँ पार्टी टिक्दैन। वर्षेच्याउ र फुटेका पार्टीको आयु क्षणिक नै हुन्छ।’
बाँस्कोटाले लेख्नुभएको छ – मन एकातिर तन अर्कोतिर नगर्नु । किनभने त्यसो गर्दा गति र आत्मविश्वास दुवै गुम्छ । जता मन लाग्छ त्यता लाग्नु वेश । तर तथ्य भन्छ -नेपालमा उस्तै प्रकृतिको नयाँ पार्टी टिक्दैन । बर्षेच्याउ र फुटेका पार्टीका आयुको क्षणिक नै हुन्छ ।







प्रतिक्रिया