अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवपक्षीय ९ नेताको अपिल– नयाँ पार्टी निर्माणबाट पछि हट्न नेपाललाई आग्रह

माधवपक्षीय ९ नेताको अपिल– नयाँ पार्टी निर्माणबाट पछि हट्न नेपाललाई आग्रह


काठमाडौं– नेकपा एमालेका ९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । उनीहरुले पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियालाई पनि तत्काल रोकी एकता प्रक्रियामा सहभागी हुन माधव नेपाल पक्षलाई समेत आग्रह गरेका छन् ।

बिहीबार राति संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । ​

दुबै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकेको भए त्यो एकताको बलियो आधार रहेको दाबी नेताहरुले गरेका छन् । ९ नेताद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ,‘त्यो सिफारिस एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो ।

एमाले नेताहरुद्वारा जारी विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्दै अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ ।