अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेश धाराबाट सरकार,अध्यादेश धाराबाट पार्टी : गोकुल बाँस्कोटा

परमादेश धाराबाट सरकार,अध्यादेश धाराबाट पार्टी : गोकुल बाँस्कोटा


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालमा परमादेश धाराबाट सरकार र अध्यादेश धाराबाट पार्टी गठन भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले माधव नेपालको पार्टीले पाएको चुनाव चिन्ह किताबलाई पनि व्यंग्य गर्नुभएको छ । ‘परमादेश धाराबाट सरकार ढाले होला त भनियो । अध्यादेश धाराबाट पार्टी खोले त्यो पनि छ होला भनियो । तर हुँदै नभएको किताब धाराचाँही कहाँबाट ल्याइयो ।’ यसलाई विदेश चलखेलको संकेत गर्दैे बाँस्कोटा लेख्नुहुन्छ ‘यो साइपाल देखि कञ्चनजंघासम्मको प्राकृतिक जलधाराा त हुँदै होइन ।’
आफू एमसीसीको विरुद्धमा उभिने संकेत गर्दै बाँस्कोटाले लेख्नुभएको छ ‘पक्कै यो चाँही एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’ एमसीसीको यो धारा देश हित विपरित रहेको बाँस्कोटाको भनाइ छ ।