अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको दल दर्ता भएन, महन्थलाई नयाँ नाम छान्ने चटारो

माधव नेपालको दल दर्ता भएन, महन्थलाई नयाँ नाम छान्ने चटारो


काठमाडौं– नेकपा एमालेबाट विभाजित एमाले समाजवादी दर्ता हुन नसक्ने निर्वाचन आयोगले जवाफ पठाएको छ । आयोगले नेता राजेन्द्रप्रसाद पाण्डेमार्फत नयाँ नाम प्रस्ताव गर्नसमेत भनेको छ ।

आयोगले जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिकलाई पनि नयाँ नाम ल्याउन भनेको उच्च स्रोतले बताएको छ । ठाकुरले नयाँ नाम लैजानेबारे छलफल सुरु गरिसकेका छन् ।

एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको छ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न मिल्दैन ।