अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टीको नयाँ नाम जुर्‍यो

माधव नेपालको पार्टीको नयाँ नाम जुर्‍यो


काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) जुरेको छ ।

नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गरेपछि एमाले हटाएर म नेकपा (एकीकृत समाजवादी) राखिएको छ । एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी भएको छ ।

यसैबीच जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वा लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्नेबारे छलफल भइरहेको छ ।