अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफन्तको शोकमा जानुपर्ने भन्दै सभामुख नआएपछि……

आफन्तको शोकमा जानुपर्ने भन्दै सभामुख नआएपछि……


काठमाडौं -नेकपा एमालेले साँसद पदबाट बर्खास्त गर्ने निर्णय तत्काल कार्यन्वयन गर्न तागेता गर्न गएका एमाले साँसदलाई छल्न सभामुख अग्नी सापकोटा अन्तै जानुभएको छ ।
सभामुखको कार्यकक्षमा डेलिगेसन गएका एमाले साँसद तिलक महतका अनुसार करिब एक घण्टा कुर्दा पनि सभामुख नआएपछि एमले सचेतक शान्ता चौधरीले सापकोटालाई फोन गर्नुभयो । तर उहाँले आज आफन्तको मृत्यू शोकमा जानु पर्ने भएकोले कार्यलय आउन नसक्ने जानकारी दिनुभएको महतले बताउनुभयो ।
यता पूर्व सभामुख सुवासचन्द्र नेम्वा?ङले विहानै सापकोटासँग फोन गरेर विगतका नजिरका आधारमा पनि यो कारबाहीलाई सभामुखले रोकेर राख्न नमिल्ने स्मरण गराउनु भएको थियो । उहाँको सचिवालयले जनाए अनुसार पूर्व सभामुखको फोन पछि सापकोटाले आजै यो बिषयको टुंगो लगाउने जानकारी समेत गराउनुभएको थियो ।