महेन्द्रनगर -कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।
झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया