अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टीलाई आधिकारिकता पाउनै सकस

माधव नेपालको पार्टीलाई आधिकारिकता पाउनै सकस


काठमाडौं- नाम जुराउनै सकस परिरहेको माधव नेपालको पार्टीले नयाँ दल दर्ताको प्रमाणपत्र पाउनन अझै केही दिन कुर्नुपर्ने भएको छ । आज उहाँको समुहको हस्ताक्षर र अन्य कागजातहरुको सनाखत नसकिएकोले अब छिटोमा भदौ ८ गते मात्र नेपालले नयाँ दलको प्रमणपत्र पाउनुहुनेछ ।
लगातार सार्वजनिक बिदा परेकाले ८ गतेअघि त्यो टुंगिने अवस्था नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । भोलि शनिबार , ६ गते रक्षा बन्धन र ७ गते गाईजात्रा परेकाले ती दुई दिन पनि निर्वाचन आयोग बन्द हुनेछ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन भनेपछि माधव नेपालको तर्फबाट राजेन्द्र पाण्डेले आज नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गराउनुभएको छ ।
नयाँ नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरिएको र चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको पाण्डेको भनाइ छ। माधव नेपालको नयाँ दल दर्ता नभएकै कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् ।