झापा – चर्चित मेडिकल व्यावशायी दुर्गा प्रसाईंले अर्जुनधारा नगरपालिकाका विद्यालय भवन र खानेपानी ट्यांकीको शिलान्यास गर्नुभएको छ ।
रहेको विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पलातको लागनीमा नम्बर १ सिस्नेको सिंहदेवी माध्यमिक विद्यालयमा दुई तल्ले ८ कोठाको विद्यालय भवन र खानेपानी ट्याङकीको शिलन्यास भएको छ ।
आज विद्यालय परिसरमा अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईंले उक्त भवनको शिलन्यास गरेका गर्नुभएको हो।
विक्रम सम्वत २०१६ सालमा स्थापना भएको उक्त विद्यालय हाल सम्म पनि सुविधायुक्त भवन अभावको कारण सहज रुपमा पठन पाठन गर्नबाट विद्यार्थीहरु बञ्चित भएको भन्दै अब विद्यार्थीले समय अनुकल सुविधायुक्त कक्षाकोठा, कम्प्युटर ल्यावको लागि पनि कोठा पुग्ने गरिको भवन निर्माण हुने अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताउनुभएको छ ।
शिलान्यस मन्तव्य राख्दै प्रसाईंंले बाल्यकालको एउटा रमाइलो र दुखद् घटना सुनाउनुभयो । प्रसाईंले सुनाएको कथा यस्तो थियो ‘म कक्षा २ मा पढदा स्कुलमा पानीको व्यवस्था थिएन । नजिकैको एक घरमा पानी खान जानु पथ्र्यो पानीखान जाने क्रममा मलाई कुकुरले टोक्यो । त्यसैले यस विद्यालयमा खानेपानी ट्याङ्की पनि बनाउने सोच बनाएको हुा । भदौ ४ गते नै म विद्यालय छोडेर भागेको भएकाले आज सोही दिनको सम्झनामा विद्यालय भवनको शिलन्यास गरेको छु । मेरो जसरी नानीहरुले भाग्नु नपरोस् । त्यो बेला मेरो बुद्धि पुगेन, शिक्षाविना जीवनमा अघि बढन निकै कठिन हुने रहेछ ।’
सिंहदेवीमा बन्ने भवनको लागि कुनै निर्माण समिति गठन गरिएको छैन । अस्पतालले सिधै उक्त भवन निमार्ण कार्यको थालनी गरेको छ । भूकम्प प्रतिरोधात्मक, आधुनिक र आकर्षक बन्ने उक्त भवन २ करोड रुपैंया लागत निर्माण हुने अस्पतालका प्रवक्ता प्रमिश गिरीले जानकारी दिनुभया । गिरीका अनुसार अस्पताल अबको सात महिना भित्र निर्माण सम्पन्न हुन्छ ।
स्थापनाको ६ दशक सम्म भवन अभाव झेल्दै आएको सिंहदेवीमा नसर्री देखि १२ कक्षा सम्म अध्यापन हुदै आएको छ । अती विपन्न, सिमान्तकृत समुदायका बालवालिकागरी ८ सय ९५ जना विद्ययार्थीहरु अध्ययनरत रहेका छन् । सिंहदेवी झापाको क्षेत्र नं २ मा पर्छ । सो क्षेत्रबाट ९ जना प्रतिनिधी सभा सांसद, धेरैजना पूर्व विद्यार्थीहरु माथिल्लो तहमा पुगेका छन् । कसैले पनि यस विद्यालयको भौतिक स्तर उन्नती गर्नको लागि पहल नगरेको स्थानीयबासकिो गुनासो छ। सरकारले पनि एक मुष्ट यति ठुलो रकम बराबरको भवन सहयोग गरेकोे थिएन । वि एण्ड सी अस्पतालको तर्फबाट भएको यो सहयोग सबैभन्दा ठुलो र महान भएको भन्दै विद्यालयका सरोकारवालहरुले निर्देशक प्रसाईंलाई धन्यवाद दिएका छन् ।
भवन शिलन्यास कार्यक्रममा जग्गा दाता रानीमाया राईलाई आजिवन स्वास्थ्य उपचार सेवा निशुल्क गरिदिने प्रसाईंले प्रतिवद्धता गर्नुभएको छ ।कार्यक्रमा अस्पतालका कार्यकारी निर्देशक प्रसाईं, अस्पतालकी अध्यक्ष ईन्दिरा गिरी, सिइयो डा. निराजन प्रसाईं, डाईरेक्टर आरजु प्रसाईं, जनसम्पर्क अधिकारी प्रमिश गिरी, व्यवस्थापक दिनेश भट्टराई लगायत को उपस्थिती रहेको थियो ।
विएण्डसी अस्पतालको तर्फबाट बिर्तामोड–२ स्थित मोहनमाया माविमा सहयोग स्वरुप करिव ३ करोड लागतको भवन निर्माणकार्य भईरहेको छ । उक्त भवन आउदो सरस्वती पूजाको दिन विद्यालयलाई वि एण्ड सी परिवारले हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । तस्बिर सौजन्य : आमसञ्चार डट कम
प्रतिक्रिया