काठमाडौं– पूर्वएमाले नेता माधवकुमार नेपालको नयाँ दल परिवर्तन भएकोमा खिसिट्युरी भइरहेको छ ।
आफूले हुर्काएको एमालेको नाम छाड्न नसक्ने बताउनुभएका नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको थियो । निर्वाचन कानूनले त्यस नामलाई अस्वीकार गरेपछि दुई दिनभित्रै नयाँ नाम जुराइयो– नेकपा एकीकृत समाजवादी ।
एमाले नेता सूर्य थापाले भन्नुभएको छ, ‘फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन। जुन गोरूको सिङ छैन,त्यसको नाम तिखे भनेजस्तो, नाममै मजाक त नगर्ने कि !’






प्रतिक्रिया