अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट पत्रकार नाजित उद्दिनको निधन

कोरोनाबाट पत्रकार नाजित उद्दिनको निधन


काठमाडौं– नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य नाजिर उद्दिनको कोरोना संक्रमणका कारण ५३ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा उपचाररत पत्रकार उद्दिनको उपचारकै क्रममा भदौ ३ गते बिहीबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघले स्वर्गीय उद्दिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासंघले शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित समवेदना व्यक्त गरेको छ ।

कोरोनाकै कारण हालसम्म २४ जना पत्रकार तथा सञ्चारकर्मीको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।