काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू स्थानीय तह निर्वाचन परिचालन कमिटीको संयोजकबाट राजिनामा घोषणा गर्नुभएको छ ।
आज विहान सामाजिक सञ्जालमा लेख्दै थापाले अध्यक्षहरु पशुपति शम्शेर जबरा वा प्रकाशचन्द्र लोहनीलाई सो जिम्मेवारी लिन आग्रह गर्नुभएको छ । महिना दिन अघि लिउको जिम्मेवारी थापाले किन छोडेको भनेर खुलाउनु भएको छैन । अध्यक्षले नै आफ्नो जिम्मेवारी छोडेको घोषणा गरेपछि पार्टीमा केही समय देखि उब्जिएको विवाद थप फस्टाएको अनुमान लगाइएको छ ।







प्रतिक्रिया