काठमाडौं– सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
क्यानले आज ओमान र अमेरिकासँग हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा गरेको हो । टिममा गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पोडेलले पुनरागमन गरेका छन् ।
बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र साहब आलम भने अन्तिम टोलीमा अटाएनन् । क्यानका अनुसार नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ ।
त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई ओडीआई क्रिकेट म्याच खेल्नेछ ।
नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल,विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोव ।
प्रतिक्रिया