अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा दैनिक संक्रमित र मृतकको संख्यामा कमी

भारतमा दैनिक संक्रमित र मृतकको संख्यामा कमी


नयाँदिल्ली– भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जबकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी, अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु भएकाको सङ्ख्यामा पनि कमी आएको छ ।

अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।

अघिल्लो दिन भने सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना सङ्क्रमणमुक्त भएका हुन ।