अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज ४७९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा आज ४७९ जनामा कोरोना संक्रमण


विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा सात, इलाममा चार, उदयपुरमा दुई र भोजपुरमा एक जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आजै ७३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।