अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमला वली एमालेमै रहेको पुष्टि

विमला वली एमालेमै रहेको पुष्टि


बुटवल– लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वली नेकपा विभाजितपछि एमालेमै रहेको पुष्टि भएको छ ।
कहिले एमाले त कहिले माओवादी केन्द्र रोजेर विवादित बन्दै आउनुभएकी वली एमालेमै रहेको प्रदेश सभाकै कागजातले पुष्टि गरेको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा विभाजन गरी एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुर्‍याएपछि लुम्बिनी प्रदेशसभाले पनि एमाले र माओवादी केन्द्रलाई सांसदहरूको विवरण पेश गर्न भनेको थियो ।

२०७७ चैत ५ गते प्रदेशसभा सचिवालयले पत्र संख्या ०७७/०७८ को चलानी नं. ५३३ मा एमालेलाई सांसद विवरण पठाउन भनेको थियो ।

त्यही पत्रका आधारमा २०७७ चैत १५ गते एमालेले प्रदेश सभा सचिवालयलाई पठाएको सांसदहरूको विवरणलाई प्रदेशसभा सचिवालयले सहीछाप लगाई प्रमाणित गरिदिएको थियो ।

एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा परी निधन भएपछि तत्कालीन नेकपाले दाङ क्षेत्र नं. ३ (ख) बाट उनकै श्रीमती विमला कुमारी खत्री वलीलाई उम्मेदवार बनाएपछि निर्वाचित हुनुभएको थियो ।

तर नेकपा विभाजन भएर सरकार बनाउने र ढाल्ने खेल सुरू भएपछि भने वलीले कहिले एमाले त कहिले माओवादी केन्द्र रोजेको भन्दै विज्ञप्ति निकाल्दै आउनुभएको थियो ।