अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आईतबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टीमा रिक्त रहेका पदपूर्ति गर्ने बिषयमा केन्द्रीत हुने बताइएको छ ।

हिजो बसेको स्थायी कमिटीमा पनि केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । तर सो बिषयमा कुनै ठोस निर्णय हुनसकेको थिएन ।

साउन ३१ को केन्द्रीय कमिटी बैठकले एकसाता भित्र रिक्त पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।