अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो


काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धीको विवाद समाधान भएको जनाएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको थियो ।

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएर आइतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी छ ।

आज अपरान्ह ५ बजे सभापति देउवालाई प्रतिवेदन बुझाउने नेता लेखकले जानकारी दिनुभयो ।