अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर पोखरेलको सुशासनः साढे तीन वर्ष हेलिकोप्टर प्रयोग गरिएन

शंकर पोखरेलको सुशासनः साढे तीन वर्ष हेलिकोप्टर प्रयोग गरिएन


काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गाडी पुग्ने ठाउँमा पनि हेलिकोप्टर प्रयोग गरिरहेको खबर आइरहँदा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले बुँदागतरुपमा सुशासनका केही नमूना प्रस्तुत गर्नुभएको छ ।

पोखरेल साढे तीन वर्ष लुम्बिनी प्रदेशमा मुख्यमन्त्री रहँदा प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग गर्नुभएन । उहाँले मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किन्नुभएन, औषधि उपचार खर्च राज्यकोषबाट लिनुभएन, बास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिनुभएन र उपलब्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गर्नुभएको छ ।

पोखरेलले सुशासनमा जोड दिएकै कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आर्थिक मामिला मन्त्रालयको बेरुजु शून्यमा झार्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा केही योगदान अवश्य पुग्नेछ ।’