कलैया– बारामा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
जितपुर-सिमरा उपमहानगरपालिकाको पूर्व-पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३-००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोटको घुङताङ-३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।





प्रतिक्रिया