अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार

एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार


काठमाडौं– नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ । आयोगले पार्टी ०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसलाअनुसार दुई सय ३ केन्द्रीय सदस्यलाई मान्यता दिन अस्वीकार गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य अध्यावधिक गर्न आयोगमा पठाउनुभएको थियो ।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो ।