अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिनु बेकारको कुरा : सूर्य थापा

१० बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिनु बेकारको कुरा : सूर्य थापा


सुर्खेत– नेकपा एमालेको पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टी एकताको आधार भनेर कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं कार्यान्वयनमा लिइसकेका छौँ,’ एमाले निकटको प्रेस चौतारी नेपालका इन्चार्जसमेत रहनुभएका थापाले भन्नुभयो, ‘कार्यदलमा रहेका केही सदस्यहरूले अहिले पनि दश बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिइरहनुभएको छ, त्यो सब बेकारको कुरा हो ।’

देउवाले ल्याएको अध्यादेश र माधव नेपालको पार्टी दर्ता फिर्ताको लागि भनिएको दबाब अनावश्यक माग भएको थापाको टिप्पणी छ ।

‘पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा पुगिसकेको छ । यी प्रस्तावहरू पार्टीलाई बलियो, एकताबद्ध बनाउने नभइ त्यसभित्र खेल्ने मनसायका साथ आएको छ’, उहाँले भन्नुभयो ।