अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीका मेयर चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितको घरमा

इटहरीका मेयर चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितको घरमा


इटहरी– मनोबल वृद्धि गर्न इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितको घरैमा पुग्नुभएको छ ।

स्वास्थ्यकर्मीको टोलीसहित नगरप्रमुख चौधरी संक्रमित भएर घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुग्नुभएको हो ।

इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य अवस्थाको जानकारी लिएर आवश्यक औषधी,सल्लाह सुझाव दिएको छ । कोरोना संक्रमित इटहरी उपमहानगरपालिका इटहरी–१४ का सदस्य दुखीलाल चौधरी, इटहरी-५ का सदस्यद्वय ईश्वर बिक्रम शाह, सन्तोष पराजुलीका घरैमा पुगेर परामर्श दिइएको हो ।

यस्तै, इटहरी-९ कपिल घिमिरे, इटहरी-५ ज्योति माविका पुर्ब प्र.अ.भैरब सापकोटा र इटहरी-६ का गणेश गुरुङको घरमा पुगि प्रमुख चौधरीले उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्न हौसला प्रदान गर्नुभयो ।

भेटघाट कार्यक्रममा नेकपा एमाले नगर इन्चार्ज बनुलाल चौधरी, अध्यक्ष याम कुमार सुब्बा पनि सहभागि हुनुहुन्थ्यो ।

यसअघिपनि इटहरीका नगरप्रमुख चौधरी संक्रमितलाई भेटन घरैमा पुग्नुभएको थियो । इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा पुगेर मनोवल उच्च राख्न सल्लाह दिनुभएको थियो ।