काठमाडौं -उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो।
‘काठमाडौं उपत्यकामा राति साढे २ बजेदेखि वर्षा भइरहेको देखिन्छ, बीचमा केही कम भएको थियो, अहिले फेरि अलि बढेको छ,’ मौसम पूर्वानुमान महाशाखका मौसमविद् वरुण पौडेलले भन्नुभयो। उहाँका अनुसार काठमाडौं उपत्यकासहितका क्षेत्रमा जारी वर्षा दिउँसोतिर रोकिने सम्भावना देखिएको छ।
यो वर्षा बिहानलाई मात्र हो, दिउँसोतिर रोकिने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले भन्नुभयो ।
प्रतिक्रिया