अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वार्षिक कार्ययोजना बनाउने एमाले विदेश विभागको निर्णय

वार्षिक कार्ययोजना बनाउने एमाले विदेश विभागको निर्णय


काठमाडौं– नेकपा (एमाले), विदेश मामिला विभागले विदेश मामिला सम्बन्धमा वार्षिक कार्ययोजना बनाउने भएको छ ।

आइतबार बसेको बैठकले विभागका प्रमुख डा. राजन भट्टराईको संयोजकत्वमा छ सदस्यीय कार्यदल बनाएको छ ।

परराष्ट्र सम्बन्धलाई राष्ट्रिय हित अनुकूल, न्यायोचित र पारदर्शी रुपमा सञ्चालन गर्नका लागि मुलुकको पहिलो पार्टीका हैसियतले नेकपा (एमाले) को भूमिका सधैँ अग्रणी रहने विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।