पोखरा- पोखराको महेन्द्रपुल नजिकैकै सडक भासिएको छ । महेन्द्रपुल सेलवेज गेटको पारी रहेको गरिमा विकास बैंकअगाडिको सडक भासिएको हो ।
बैंकअगाडिको सडक भासिएर भ्वाङ परेको छ । सञ्जय कुमार मल्लले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर सेयर गर्नुभएको । जसमा सडकमा भ्वाङ परेको देखिन्छ ।
सडकमा भ्वाङ परेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ । पानी परिरहेको र भल सोही भ्वाङबाट छिरेको छ । भल तर्काउने र भ्वाङ पुर्ने प्रयास भइरहे पनि वर्षाले अवरोध गरेको प्रहरीले जानकारी दिएको छ ।
मल्लले सडक भासिएकाले सवारीसाधन तथा पैदल यात्रुलाई जोखिम बढेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया