अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओलीसँगको छलफलमा अष्टलक्ष्मीले भन्नुभयो, ‘मूल नेतृत्व तपाई नै हो’

ओलीसँगको छलफलमा अष्टलक्ष्मीले भन्नुभयो, ‘मूल नेतृत्व तपाई नै हो’


काठमाडौं– पार्टी विभाजनका बेला माधुकमार नेपाललाई साथ नदिएका एमाले नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको छ ।

नेताहरूले आज बालकोटस्थित ओलीको निजी निवास पुगेर भेटघाट गर्नुभएको हो ।

अध्यक्ष ओलीसँगको छलफलमा एमाले उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि सहभागी हुनुहुन्थ्यो । उहाँले छलफलमा आफूहरूको मूल नेतृत्व ओली नै भएको बताउनुभएको थियो । आफूहरूको साथ ओलीलाई नै रहने उहाँको भनाई थियो ।

‘मूल नेतृत्व तपाईं हो । समस्या समाधान गर्न तपाईं नै लाग्नुपर्छ । त्यसमा साथ दिन तयार नै छौं । साथ दिन तयार नभएको भए त हामी पनि कता कता जान्थ्यौं । आ-आफ्नो ढंगले हिँड्थ्यौ । हामी त गएका छैनौँ नि,’ शाक्यले भन्नुभयो ।

नेतृत्वले नै पार्टी जोगाउने र बचाउन सक्ने भएकाले अहिले ओलीको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

‘नेतृत्वले राम्रो पनि गर्न सक्छ, नराम्रो पनि गर्न सक्छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि सक्छ । मूल नेतृत्व भनेको तपाईं हो । हामी पनि हो । हामी सबै हिसाबले साथ दिन्छौं । नेपालको कम्युनिस्ट आन्दोलन एक ढिक्का भएर एमालेले मात्रै बचाउन सक्छ, भन्ने सन्देश दिएर जुर्मुराएर उठौँ,’ शाक्यले भन्नुभयो ।