काठमाडौं– पार्टी विभाजनमा तटस्थ बसेका एमालेका नेताहरूको माग सम्बोधन गर्न मोडालिटी बन्ने भएको छ । पार्टी विभाजनमा साथ नदिएका नेताहरूको १० बुँदे सहमति कार्यान्वयनको टाइमलाइनसहित मोडालिटी बन्ने भएको हो ।
आज एमालेमै बस्ने नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल पनि गर्नुभएको छ । छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि सहभागी हुनुभएको थियो ।
माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतको समूहमा छ । एक नेताका अनुसार त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको छ ।







प्रतिक्रिया