काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । उहाँले भोलि बिहान ११ बजे बैठक बोलाउनुभएको हो ।
बैठकमा एमाले विभाजनका बेला माधकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
माधव नेपालको नयाँ पार्टीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरसः कार्यान्वयन गर्न नेतृत्वलाई आजसम्मको अल्टिमेटम दिनुभएको थियो । उहाँहरूले आज बिहान अध्यक्ष ओलीसँग छलफलसमेत गर्नुभएको छ ।
छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।







प्रतिक्रिया