अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अवरोधकैबीच बल प्रयोग गरेरै विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री केसी

अवरोधकैबीच बल प्रयोग गरेरै विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री केसी


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिनुहुने भएको छ ।

प्रदेशसभा सचिवालयले दिउँसो साढे दुई बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने बताएको हो ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सोमबार पनि सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो ।