काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल एमालेमै फर्कि कारबाही फिर्ता हुने बताउनुभएको छ ।
पार्टी विभाजनका बेला माधवलाई साथ नदिएका नेताहरूसँगको छलफलमा ओलीले सो कुरा बताउनुभएको हो । उहाँले पार्टी एकताका लागि आफूले हदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने बताउनुभयो ।
एमालेमै फर्किए माधव नेपालले गरेका गल्तीलाई माफ गर्न सकिने अध्यक्ष ओलीले बताउनुभएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । ‘पार्टी दर्ता प्रक्रियाबाट अलग भए माधवहरूमाथि गरिएको कारबाही फिर्ता हुने कुरा अध्यक्षले बताउनुभएको छ,’ छलफलपछि भट्टराईले भन्नुभयो ।
छलफलमा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभएको पनि उहाँले जानकारी दिनुभयो । ‘अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ, पार्टीलाई एकताबद्ध गर्न जिम्मेवार छु भन्ने प्रतिबद्धता जनाउनु भएको छ, पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुरानो जिम्मेवारी यथावत राख्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एेतिहासिक अभिभारा पूरा गर्न नेकपा एमालेलाई एकताबद्ध गर्न आफू पूर्णरूपमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ,’ भट्टराइलृ भन्नुभयो ।







प्रतिक्रिया