काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएका माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्ट पुग्नुभएको छ ।
नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको हो । रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुने माधव नेपालनिकट एक नेताले बताउनुभयो ।
सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने ती नेताले बताउनुभयो ।







प्रतिक्रिया